काठमाडौं, ६ मंसिर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब युवाहरुलाई नै मुलुकको जिम्मेवारी सुम्पिने प्रतिवद्धता व्यक्त गरेका छन् । आज (शनिबार) जेन–जी युवाहरुसँग अन्तरक्रिया गर्दै प्रचण्डले अब अघिल्लो पुस्ताले वैचारिक र सांस्कृतिक रुपमा युवा पुस्तालाई अगाडि बढाउनुपर्ने आश्यकता औंल्याए । ‘तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो । यो संकल्प हामीले गर्नुपर्छ,’– प्रचण्डले भने ।
प्रचण्डले राष्ट्रको विकासका लागि भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा अगाडि बढ्नुपर्ने धारणा राखे । उनले माओवादी नेतृत्वको सरकारले निरन्तर भ्रष्टाचारको विरोधमा वकालत गर्दै आएको र जेन–जी विद्रोहपछि भने झनै ऊर्जा प्राप्त भएको बताए । प्रचण्डले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले राजनीतिक दलहरुलाई नराम्रोसँग झक्झक्याएको टिप्पणी गरे । उनले आन्दोलनमा सहभागी सबै जेन–जीहरुलाई धन्यवाद ज्ञापन गर्दै उनीहरुले उठाएका मागहरु सही रहेको र आन्दोलनको उद्देश्य पनि सही रहेको बताए ।




प्रतिक्रिया