दार्चुलामा भूकम्पको धक्का


काठमाडौं, मंसिर २४ । दार्चुला केन्द्रबिन्दु भएर गएराति फेरि भूकम्प गएको छ। दार्चुलाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रबिन्दु भएर गएराति नौ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गत आइतबार बिहान पनि दार्चुला केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो।