एमालेको मञ्चमा उभिएर विप्लवले भने–सुशीला सरकार अवैधानिक, समर्थन गर्न सकिँदैन


काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमाले नेतृत्वको खुलेर प्रशंसा गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति नरम सुनिँदै आएका विप्लवले पहिलोपटक एमालेकै मञ्चमा उभिएर ओलीको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेका हुन् ।

उनले ओली राष्ट्रियताको पक्षमा सदैव अग्रसर रहेको भन्दै राष्ट्रिय मुद्दा र एकताको पक्षमा एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने समेत बताएका थिए । विप्लवले सुशीला सरकारलाई अवैधानिक मात्रै भनेनन् । उनले यो सरकारलाई समर्थन गर्न नसकिने घोषणा गरे । उनले मुलुकलाई निकास दिनको लागि अब सर्वपक्षीय सरकार गठन गर्नुपर्ने जोड दिए ।

सो क्रममा उनले राजनीतिक दलबिना मुलुकको समृद्धि सम्भव नभएको भन्दै नेपाललाई कसैका अधीनमा लैजान नदिने बताए । पछिल्लो समय विप्लवले सर्वपक्षीय सरकारको वकालत गरिरहेका छन् ।