चितवनमा सम्बोधन गरेलगत्तै काठमाडौं फर्किए रवि लामिछाने


काठमाडौं, ५ पुष । रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने काठमाडौं फर्किएका छन् । सहकारी ठगी प्रकरणमा पुर्पक्षमा रहेका लामिछाने हालैको अदालतको आदेशअनुसार बिगोबराबरको रकम बैंक ग्यारेन्टीमार्फत बुझाएर रिहा भएका हुन् ।

उनी हिजो रिहा भएका थिए । आज चितवनको चौविसकोठीमा आयोजित सभालाई सम्बोधन गरेपछि उनी काठमाडौं फर्किएका हुन् । उनी बुद्ध एयरमार्फत काठमाडौं आएका हुन् । उनीसँगै उपसभापति डिपी अर्याल, पत्नी निकिता पौडेलपनि काठमाडौं फर्किएका छन् । लामिछानेले आज जेनजी आन्दोलनका घाइतेहरुलाई भेट्ने कार्यक्रम तय भएको रास्वपाले जनाएको छ ।