बालेनलाई रास्वपाको दोस्रो वरियता र प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि बढाउन रवि तयार, सहमतिको ड्राफ्ट बन्दै


काठमाडौं, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई पार्टीको दोस्रो वरियता र आगामी फागुन २१ गते निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारको रुपमा स्वीकार गर्ने सन्देश पठाएका छन् ।

मेयर शाहले आगामी चुनावमा मिलेर जानका लागि गठन गरेको कार्यदलको बैठक अहिले जारी रहेको छ । उक्त बैठकमा सुनिल लम्साल, शिशिर खनाल, असिम साह, कुमार ब्यञ्जनकारलगायत रहेका छन् । उनीहरुले सहमतिको ड्राप्ट तयार गरिरहेको बताइएको छ ।

दुवै पक्षबीच हुने सम्झौताको ड्राफ्ट बनाउनका लागि कार्यदल जुटिरहे र आज सम्झौतमा हस्ताक्षर हुनसक्ने बताइएको छ । अहिलेसम्म बालेनलाई पार्टीको दोस्रो वरीयता र आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेवार बनाउने निश्चित रहेको बताइएको छ ।