काठमाडौं, १२ पुस । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज (शनिबार) विहान राष्ट्रपति निवास पुगेर पूर्व प्रधानमन्त्री नेपालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
राष्ट्रपति पौडेल र पूर्व प्रधानमन्त्री नेपालबीच शीतलनिवासमा झण्डै एक घण्टा छलफल भएको बताइएको छ । छलफलको क्रममा समयमै निर्वाचन गराउने, सबै दल र समूहहरूलाई मिलाएर निर्वाचन गराउने र समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको बताइएको छ ।




प्रतिक्रिया