काठमाडौं, १२ पुस । बाल शल्य चिकित्सक संघ नेपालको अध्यक्षमा प्रा.विजय थापा चयन भएका छन् । संघले आगामी दुई वर्षका लागि सर्वसम्मत नयाँ कार्यकारी समिति चयन गरेको हो ।
त्यसैगरी, संघका उपाध्यक्षमा डा.नृपेस राज भण्डारी, महासचिवमा डा.दिनेश प्रसाद कोइराला र सचिवमा डा.जसमिन बज्राचार्य चयन भएका छन् ।
कोषाध्यक्षमा डा.बाल मुकुन्द बस्नेत र सह–कोषाध्यक्षमा डा.शिरीष सिलवाल र कार्यकारी समितिका सदस्यहरुमा डा.अनु महाराजन, डा. सुलोचना दाहाल, डा.हिरामणि पाठक र डा.निशान्त सिंह चयन भएका छन् ।
‘हाम्रो प्राथमिकता बाल शल्य सेवा सबै क्षेत्रसम्म पुर्याउने, प्रशिक्षण अवसर बढाउने र राष्ट्रिय स्तरमा बालमैत्री शल्य नीतिहरू प्रवर्द्धन गर्ने हुनेछ,’– नवनिर्वाचित अध्यक्ष प्रा.थापाले भने ।




प्रतिक्रिया