काठमाडौं, पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच एकता सम्झौता भएलगत्तै पूर्वरेडियोकर्मी हरिशरण लामिछानेले काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । हरिशरण रविका दाइ हुन् ।
रवि लामिछाने र बालेनको मिलनप्रति खुसी व्यक्त गर्दै उनले काठमाडौको भावी मेयरमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । पार्टीमा परिवारवादलाई छेकबार लगाउने नाममा रविले आफ्नो राजनीतिक करियर रोकेको भन्दै हरिशरण असन्तुष्ट रहँदै आएका थिए ।





प्रतिक्रिया