एमाले सचिवालय बैठक आज


काठमाडौं, पुस १३ । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्दैछ । एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल गर्न अहिले बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेको हो । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनपछि आज पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा प्रतिनिधिसभामा समानुपातिक तर्फका उम्मेदवारबारे छलफल हुने जनाइएको छ । बैठक ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ ।