ललितपुर बार एशोसिएशनको २९औं कार्यसमितिको निर्वाचन मिति तय, अधिवक्ता महर्जनको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति


काठमाडौं, १४ पुस । ललितपुर बार एशोसिएशनको २९औं कार्यसमितिको निर्वाचन आगामी माघ १७ गते शनिबार गर्ने निर्णय भएको छ । ललितपुर बार एशोसिएशन कार्यसमितिको पुस ११ गते बसेको बैठकले २९औं कार्यसमितिको निर्वाचनबारे निर्णय गरेको सचिव छोनम मोक्तानले बताए ।

निर्वाचन सम्पन्न गराउनका लागि अधिवक्ता प्रकाश महर्जनलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ । अधिवक्ता महर्जनको नेतृत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन भएको छ । निर्वाचन अधिकृतहरुमा अधिवक्ता सुमनप्रसाद घिमिरे, अधिवक्ता सुशील पोखरेल, अधिवक्ता सुलोचना बज्राचार्य र अधिवक्ता रत्न बहादुर बुढा रहेका छन् ।