काठमाडौं, २७ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले आउने दिनमा समानुपातिक तथा प्रत्यक्ष निर्वाचनमा र केन्द्रीय समितिमा बढीभन्दा बढी युवाहरुलाई प्राथमिकता दिइने बताएका छन् । जेन–जी रेडफोर्सले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी निर्माण गर्ने क्रममा र निर्वाचनमा पनि युवाहरुलाई बढीभन्दा बढी प्राथमिकता दिने बताएका हुन् ।
‘आउने दिनमा हामी प्रत्यक्ष र समानुपातिकमा पनि बढीभन्दा बढी युवाहरुलाई, केन्द्रीय समितिमा पनि बढीभन्दा बढी युवाहरुलाई हामी समेट्दै छौं,’– उनले भने ।
नेकपाले अहिले पार्टी निर्माणको क्रममा, चुनावमा, समानुपातिक लिस्टमा युवा र नवयुवा, जेन–जी पुस्ताका युवालाई उच्च प्राथमिकता दिने कोशिस गरेको उनले बताए । मुस्कान खातुनलाई नेकपाले अगाडि सारेर लाखौं युवाहरुलाई सम्बोधन गर्न खोजेको पनि उनले बताए ।




प्रतिक्रिया