काबुल, २७ पुस । अफगान प्रहरीले सोमबार उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा दुई अपहरणकर्ताहरू लुकेको ठाउँमा छापा मारी दुई जना बच्चाहरूलाई उनीहरूको कब्जाबाट उद्धार गरेको प्रान्तीय प्रहरी प्रवक्ता नकीबुल्लाह अलाम्यारले बताएका छन् ।
एक गुप्तचर सूचनाको आधारमा प्रहरीले शंकमस्पद क्षेत्रमा अपरेसन सुरु गरी दुई अपहरणकर्ताहरूलाई पक्राउ गरी दुई उनीहरुले अपहरण गरेका बच्चाहरू फेला पारी उद्धार गरेको उनले बताएका छन् ।
थप विवरण नदिई, प्रहरी अधिकारीले दुवै कथित अपहरणकर्ताहरूलाई प्रारम्भिक अनुसन्धान पूरा भए पछि न्यायपालिकामा हस्तान्तरण गरिने बताएका छन् ।
पछिल्लो समयमा अपराध दर धेरै हदसम्म घटाइएको जनाइउको छ भने युद्धपछिको अफगानिस्तानमा शान्ति पुनस्र्थापित भएको उल्लेख गरिएको छ । यद्दपी आपराधिक तत्त्वहरूले अझै पनि आर्थिक रूपमा गरिब देशमा फिरौतीका लागि धनी परिवारका सदस्यहरूलाई अपहरण गर्ने गर्ने गरेको उल्लेख गरिएको छ । रासस




प्रतिक्रिया