चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक


कोलम्बो, २९ पुस । श्रीलङ्काकाका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले निर्धारण गरेका लक्षयहरु संशोदन गर्नु पर्ने श्रीलङ्काको केन्द्रीय ब्याङ्कका गभर्नर नन्दलाल वीरासिङ्घेले जनाएको छ ।

एक स्थानीय टेलिभिजन अन्तर्वार्तामा वीरासिङ्घेले ४८ महिनाको इएफएफको पाँचौँ समीक्षाका लागि आइएमएफको टोली कोलम्बो आइपुग्दा यस महिनाको अन्त्यमा कार्यक्रमको मापदण्ड संशोधन गर्ने छलफल हुने अपेक्षा गरिएको बताएको छ ।

लक्ष्यले श्रीलङ्काको प्रगतिको मूल्याङ्कन गर्ने र सरकारी अधिकारीहरूसँग परामर्श गर्ने योजना निर्धारित गरिएको जनाइएको छ, ।

अप्रत्याशित झट्का, स्वरुप आएको चक्रवात दिटवाहका कारण लक्ष्य समायोजन गर्न आवश्यक भएको छ, जसले पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ र धेरै जिल्लाहरूमा जीविकोपार्जनमा गम्भीर बाधा पुर्याएको छ ।

उनले चक्रवात आउनु अघि नै वार्षिक बजेट तयार भइसकेको र आगामी समीक्षामा अन्य उदाउँदो चुनौतिहरूसँगै यसको प्रभावलाई पनि ध्यानमा राख्नुपर्ने बताए

सन् २०२३ मार्च मा, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलङ्कालाई आर्थिक सुधार कार्यक्रम र सुधार प्रयासहरूलाई समर्थन गर्न लगभग तीन अर्व अमेरिकी डलर प्रदान गर्दै ४८–महिनाको इएफएफको समिक्षालाई अनुमोदन गरेको छ । रासस