जनकपुर, ३० पुष । गृहमन्त्री ओमप्रकाश अर्यालले २१ फागुनको प्रतिनिधिसभाको निर्वाचन स्वच्छ र भयरहित वातारणमा सम्पन्न गर्ने विश्वास दिलाएका छन् । उनले वर्तमान सरकारले देशमा सुशासन कायम गर्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने दाबी गरेका हुन् ।
आज (बुधबार) मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गृहमन्त्री अर्यालले वर्तमान नागरिक सरकार भएकैले पनि नागरिक र युवापुस्ताको जनभावनाअनुरूप सहकार्य र समन्वयमा काम गरिरहेको बताए । उनले सरकार निष्ठा र इमानदारिताबाट किञ्चित पछि नहट्ने जिकिर गरे । गृहमन्त्री अर्यालले सुरक्षाको उचित प्रवन्ध गरिएको भन्दै निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने बताए । आजको गोष्ठीमा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पनि सम्बोधन गरेका थिए ।




प्रतिक्रिया