चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठाउँदै २०२६ को अभियान सुरु गर्यो


ताइयुआन, ३० पुस । चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार ‘योगान–५० ०१’ रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । यो उपग्रह लङ मार्च–६ रकेटको परिमार्जित संस्करणबाट राति १०ः१६ बजे (बेइजिङ समय) ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पठाइएको थियो । प्रक्षेपणपछि उपग्रहले आफ्नो निर्धारित कक्षमा प्रवेश गरेको छ ।

उपग्रहको मुख्य उद्देश्य राष्ट्रिय भूमिको सर्वेक्षण गर्नु, बाली उत्पादनको अनुमान लगाउनु र प्रकोप रोकथाम तथा व्यवस्थापनमा सहयोग पु¥याउनु हो । यसका साथै यसले आपत्कालीन अवस्थाहरूमा डेटा उपलब्ध गराएर प्रभावकारी तयारीमा मद्दत गर्ने अपेक्षा गरिएको छ ।

यो प्रक्षेपण लङ मार्च रकेट श्रृङ्खलाको ६२४ औँ उडान हो, र चीनको सन् २०२६ को पहिलो सफल कक्षीय प्रक्षेपण पनि हो । विशेषज्ञहरूले यस प्रक्षेपणलाई चीनको अन्तरिक्ष कार्यक्रमका लागि महत्वपूर्ण कदम र प्रविधिमा निरन्तर प्रगतिको प्रमाणको रूपमा लिएका छन् । रासस