काठमाडौं, माघ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र शाह (बालेन) जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा आज बिहान आयोजित आरतीमा सहभागी भएका छन् । मन्दिर परिसरमा उनीसँगै पूर्व सांसद अमरेशकुमार सिंह पनि देखिएका छन् ।
आइतबार साँझ काठमाडौंबाट जनकपुर पुगेका उनी रास्वपाले मधेश प्रदेशमा आयोजना गर्न लागेको चुनाव केन्द्रित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रास्वपाले आज जनकपुरधाममा गरेको परिवर्तनको उद्घोष सभाको आयोजना गर्दैछ । जहाँ बालेन पहिलोपटक पार्टी सभापति रवि लामिछानेका साथ सहभागी हुनेछन् । त्यसअघि बालेन सिराहाको लाहानतर्फ लागेका छन् ।
मधेश आन्दोलनका क्रममा शहीद भएकाहरूको सम्झनामा हरेक वर्ष माघ ५ गते मनाइने बलिदानी दिवसको विशेष कार्यक्रममा सहभागी हुन उनी अहिले लहान प्रस्थान गरेका छन् । बालेनले लहानस्थित मधेशी शहीद पार्कमा मधेश आन्दोलनका प्रथम शहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेर पुनः जनकपुर फर्कने कार्यक्रम छ ।




प्रतिक्रिया