आजपाले टुंगो लगायो काठमाडौं उपत्यकामा उम्मेदवार


काठमाडौं, माघ ५ । आम जनता पार्टी (आजपा)ले काठमाडौं उपत्यकाको १५ वटा निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंगो लगाएको छ । आजपाले उम्मेदवारको मनोनयन दर्ताको तयारी अनुसार काठमाडौंको १०, ललितपुरको ३ र भक्तपुरको २ गरी १५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाउदै उम्मेदवारी दर्ताका लागि पत्र समेत वितरण गरेको छ ।

आजपाले काठमाडौं क्षेत्र नं.१ मा कमल सुवेदी, २ मा तिलक थापामगर, ३ मा रुपसागर उपाध्याय, ४ मा कमेश सिंह, ५ मा देव थापा, ६ मा सफलता बोगटी, ७ मा प्रदिप भट्टराई, ८ मा खगेस रंजित, ९ मा इरज श्रेष्ठ र १० मा मिन बुढाथोकीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, ललितपुरको क्षेत्र नंं. १ मा अरुण संजु, २ मा लखिन्द्र साह र ३ मा रामप्रसाद भट्टलाई उम्मेदवार बनाएको छ । यसैगरी भक्तपुर क्षेत्र नं.१ मा आजपा अध्यक्ष प्रभु साह र क्षेत्र नं. २ मा देवकुमारी साहले उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी पाएका छन् ।