काठमाडौं, माघ ५ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्री नियुक्त भएका बब्लुले फागुन २१ को निर्वाचनमा उम्मेदवार बन्ने तयारी अनुसार राजीनामा बुझाएको जनाइएको छ । तर सार्वजनिक बिदा भएकाले स्वीकृत हुन बाँकी रहेको छ
गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिराहा मा उम्मेदवार बन्ने तयारी गरेका छन् । उनलाई रास्वपाले सिराहा-१ बाट उम्मेदवार बनाउने भएको छ । पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो । अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् ।




प्रतिक्रिया