काठमाडौं, माघ ६ । नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि डडेलधुरामा नेविसंघका पूर्व अध्यक्ष नयनसिंह महरले चुनाव लड्न टिकट पाएका छन् । पूर्व सभापति शेरबहादुर देउवाले चुनाव नलड्ने घोषाणा गरेसँगै कांग्रेसबाट महरले टिकट पाएका हुन् ।
कांग्रेसको टिकट वितरणको टुंगो लगाउन अहिले संसदीय बोर्डको बैठकमा छलफल गरिरहेको छ ।आगामी प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको उम्मेदवारी दर्ताको समय नजिकिँदै गर्दा पार्टीभित्रको आन्तरिक रस्साकस्सी र विशेष महाधिवेशनपछिको नयाँ समीकरणका बीच कांग्रेसले देशभरका १४० निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको नाम तय गरिसकेको छ ।




प्रतिक्रिया