अमरेश सिंहको क्षेत्रमा गगन, सर्लाही-४ बाट चुनाव लड्ने


काठमाडौं, माघ ६ । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । यसअघि तीनपटक काठमाडौं–४ बाट निर्वाचन जितेका थापाले आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचिन क्षेत्र परिवर्तन गरेर मधेश झरेका छन् ।

सर्लाही ४ मा उनको नेकपा (एमाले)का रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीका डा. रगनिस राय यादवसँग प्रतिस्पर्धा हुनेछ । थापा काठमाडौं, धनकुटा र रोल्पासँगै सर्लाहीबाट पनि उम्मेदवार सिफारिस भएका थिए । २०७९ मा भएको निर्वाचनमा सर्लाहीको क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका थिए।

२०७९ मा सिंह २० हजार १७ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेस उम्मेदवार नागेन्द्रकुमार रायले १८ हजार २५३ मत प्राप्त गरेका थिए।