एमाले सचिव राईद्वारा मनोनयन दर्ता


टक्सार (भोजपुर), ६ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव शेरधन राईले मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । एउटा मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा पहिलो पार्टीका रूपमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का राजाराम बासी र दोस्रोमा श्रम संस्कृति पार्टीका ध्रुरव राईले मनोनयन दर्ता गराएका छन् ।

भोजपुरमा नयाँ र पुराना गरी १३ राजनीतिक दलले मनोनयन दर्ता गर्ने आकलन गरिएको छ । भोजपुरमा कुल एक लाख २५ हजार ७६६ जना मतदाता कायम छन् । रासस