काठमाडौं, १२ माघ । रहेका नेपाली कम्युनिष्ट पार्टीका नेता एवं काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार दिनानाथ गौतमले रुकुम पूर्वबाट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जित्नेमा आफूहरु ढुक्क रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको प्राइम संवादमा पत्रकार कृष्ण मल्लसँग संवाद गर्दै उनले रुकुम पश्चिममा उम्मेदवारी दिएका सबै दल मिल्दा पनि जनार्दन शर्माले चुनाव नजित्ने र आफूहरुकै मत बलियो रहेको बताएका हुन् ।
‘स्वतन्त्रदेखि अहिले त्यहाँ कतिवटा पार्टी छन्, ती सबै एकतावद्ध भएर तिनीहरुले गठबन्धन गरे भने पनि हाम्रो संयोजकले त्यहाँबाट जित्नुहुन्छ । त्यो हाम्रो आधार क्षेत्र हो । त्यहाँका जनताले हामीलाई बुझेका छन्,’– उनले भने ।
उनले नेकपा (एमाले) र जनार्दन शर्माले प्रचण्डविरुद्ध घेराबन्दी गरेको हुन सक्ने पनि आशंका व्यक्त गरे । त्यहाँ एमाले र जनार्दन शर्मा असाध्यै संकटमा रहेकाले गठबन्धन भएको उनको दाबी छ । ‘ओली कमरेड र जनार्दन कमरेड त्यहाँ असाध्यै संकटमा हुनुहुन्छ । संकटमा परेको हुनाले त्यहाँ गठबन्धन गर्न खोज्नुभयो उहाँहरुले । तर, त्यो सम्भव छैन, सफल हुँदैन गठबन्धन,’– उनले भने ।




प्रतिक्रिया