कांग्रेसका निवर्तमान सांसदहरूलाई संसद् पुनर्स्थापनाको रिटमा चासो, चुनावअघि नै फैसला हुनुपर्ने माग गरिने


काठमाडौं, १४ माघ । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले संसद् पुनर्स्थापनाको रिटमाथि पेशी तोक्न माग गर्दै सर्वोच्च अदालतमा जाने तयारी रहेको बताएका छन् । कांग्रेसका निवर्तमान सांसदहरु सर्वोच्च जान लागेको उनले बताए ।

संसद् पुनर्स्थापनको रिटमा आसन्न फागुन २१ गतेको निर्वाचन अगाडि नै फैसला हुनुपर्छ भनेर ध्यानाकर्षण गराउन आफूहरु सर्वोच्च जान लागेको नेता घिमिरेले बताए । न्याय मरेको छैन भन्ने सन्देश अदालतले दिनुपर्ने उनले बताए ।

उनले आफूहरु अदालतले दिएको फैसला मान्न तयार रहेको, तर फैसला चुनाव अगाडि नै हुनुपर्ने आफूहरुको माग रहने बताए । यस विषयमा सर्वोच्चलाई ध्यानाकर्षण गराउनेबारे एमालेसँग पनि छलफल भएको उनले बताए ।