झापा- ५ मा रास्वपाको सम्पर्क कार्यालय रहेको घरमा  तोडफोड


काठमाडौँ, २२ माघ । झापाको कमल गाउँपालिका–२ मा स्थापना गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) सम्पर्क कार्यालयमा तोडफोड भएको छ ।

रास्वपा सम्पर्क कार्यालय रहेको घरमा गएराति तोडफोड भएको हो।  राति ढुंगा हानेर घरको झ्यालको सिसा फुटाएको प्रहरीले जनाएको छ ।