शान्तिपूर्ण निर्वाचनका लागि पाथीभरा मातासँग प्रधानमन्त्रीको कामना


काठमाडौं, फागुन १ । प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा माताको पूजाअर्चना र दर्शन गरेकी छन् । पूर्वी क्षेत्रको हिमाली जिल्लाहरुको भ्रमण सुरु गरेकी प्रधानमन्त्री कार्कीले शुक्रबार ताप्लेजुङ पुगेर पाथीभरा माताको दर्शन गरेकी हुन् ।

समाजिक सञ्जाल फेसबुकमार्फत पाथीभरा दर्शन गरेको तस्विर सार्वजनिक गर्दै प्रधानमन्त्री कार्कीले फागुन महिना निर्वाचनको महिना भएकाले पाथीभरा मातासँग शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेको जानकारी गराएकी छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार बिहान ८ बजे ताप्लेजुङ पुगेको प्रधानमन्त्री कार्की नेतृत्वको टोलीले प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेको हो । पाथीभरा दर्शनपछि जिल्लास्थित मुख्य निर्वाचनको अधिकृतको कार्यालयको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रजिअ सेढाइँले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयलमा आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा मुख्य निर्वाचन अधिकृतसहित जिल्लास्थित सुरक्षा प्रमुखहरुसँग छलफल गर्नुहुने कार्यक्रम रहेको सेढाइँले बताइ।