ओखलढुंगा,१ फागुन । प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा जनता समाजवादी पार्टी नेपाल र नेकपाका स्थानीय नेता कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
जिल्लामा नेकपा र जसपाबीच चुनावी तालमेल भए पनि सो पार्टीको प्रभावक्षेत्र खिजिदेम्बाका वडाध्यक्ष उम्मेदवार समेत रहेका जिल्ला समिति सदस्य वोङ्छे शेर्पा समर्थकहरुसहित एमालेमा प्रवेश गरेका हुन् ।
शेर्पा २०७९ को स्थानीय तह निर्वाचनमा जसपाबाट खिजिदेम्बाको वडा नम्बर ८ मा वडाध्यक्ष उम्मेदवार बनेर १६५ मत प्राप्त गरेका नेता हुन् । निर्वाचनमा जसपाले गाउँपालिका अध्यक्ष जितेको थियो । एमालेको चुनावी घरदैलोकै क्रममा शेर्पासहित नेकपाका पूराना नेता समेत रहेका डिबी परियार पनि एमालेमा प्रवेश गरेका छन् ।
चुनावी अभियानका क्रममा भुसिङ्गा पुगेका एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवार,प्रतिनिधि सभामा एमाले उम्मेदवार अस्मिता थापालगायतले नव प्रवेशी नेताहरुलाई स्वागत गरेका थिए ।
प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारीसहित काममा लगाइएको सुनुवारले बताए । प्रवेश गरेका नेता शेर्पालाई निर्वाचन परिचालनको समेत जिम्मा लगाइएको छ । एमालेले समयको माग बुझेर युवा महिला अस्मिता थापालाई उम्मेदवार बनाएकोले अहिलेको अवस्थामा उनी नै उपयुक्त प्रतिनिधि हुने भएकाले एमालेमा समाहित भएरै जिताउने सल्लाह गरेर आफूहरुले उक्त निर्णय लिएको शेर्पाले बताए ।










प्रतिक्रिया