काठमाडौं, फागुन ३ । टि २० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो समूह चरणको तेस्रो खेलमा नेपाल आज वेस्ट इण्डिजसँग खेल्दैछ । खेल नेपाली समय अनुसार अहिले विहान सवा ११ बजे वानखेडे स्टेडियममा हुनेछ । लगातार दुई खेल हारेको नेपालका लागि सुपर एट पुग्न यो खेल जित्नै पर्ने दबाब छ ।
नेपाल पहिलो खेलमा इंग्ल्याण्ड र दोस्रो खेलमा इटलीसँग पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेल स्कटल्याण्डसँग मंगलवार खेल्नेछ ।




प्रतिक्रिया