काठमाडौं, फागुन ६ । महाशिवरात्रीको दिन पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन् । पशुपतिमा ड्युटीमा रहेका एक प्रहरीलाई मुक्का र लात्तीले हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले आक्रमण गर्ने युवकको खोजी सुरु गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो । मंगलबार मात्रै प्रहरीले एक सूचना निकाल्दै प्रहरीमाथि आक्रमण गर्ने ती युवक पहिचानका लागि नागरिकसँग सहयोग माग गरेको थियो ।





प्रतिक्रिया