काठमाडौं, १० फागुन । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले तुलसीपुरमा राजा वीरेन्द्रको शालिकमाथि झण्डा जलाउने दलका कार्यकर्ताबाट अपमानजनक र दुव्र्यवहार समेत भएको विषयमा टिप्पणी गरेका छन् । आज एक विज्ञप्ति जारी गरेर उनले रास्वपाका कार्यकर्ताहरुको यो उच्छृंखलता र उद्दण्डताको पराकाष्ठा भएको बताएका छन् ।
उनले सम्बन्धित दलले क्षमायाचनासमेत नगर्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । उनले भनेका छन्,‘बिहिबार राति तुलसीपुरमा एउटा दलको झण्डा जलाउँदा क्रिया प्रतिक्रियाहरु उत्पन्न भए। झण्डा जलाइनु अनुचित थियो। त्यसैदिन राजा बीरेन्द्रको शालिकमाथि झण्डा जलाउने दलका कार्यकर्ताबाट अपमानजनक र दुव्र्यवहार समेत भयो, यो उछृङ्खलता र उद्दण्डताको पराकाष्ठा हो। सम्बन्धित दलले क्षमायाचना समेत नगर्नु दुर्भाग्यपूर्ण छ। इतिहासको सम्मान नगर्नेहरु उग्रवादका नयाँ ’भेरियन्ट’ हुन्। शालिकमाथि दुव्र्यवहार गरिएको घटनाको निन्दा गर्दछौं।’
उनले रौतहटमा सामाजिक एकता र सदभाव खल्बल्याउने, साम्प्रदायिक वैमनस्यता पैदा गर्ने गरी भएका घटना चिन्ताजनक रहेको बताए । उनले थपे,‘कुनैपनि बहानामा हिन्दु र हिन्दुत्वमाथि लक्षित घटनामा हामी चनाखो रहनेछौं। सामाजिक सदभाव र एकता कायम गर्न अपील गर्दछौं। साथै, यस्ता घटना हुन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं।’
यस्तो छ विज्ञप्ति
- बिहिबार राति तुलसीपुरमा एउटा दलको झण्डा जलाउँदा क्रिया प्रतिक्रियाहरु उत्पन्न भए। झण्डा जलाइनु अनुचित थियो। त्यसैदिन राजा बीरेन्द्रको शालिकमाथि झण्डा जलाउने दलका कार्यकर्ताबाट अपमानजनक र दुर्व्यवहार समेत भयो, यो उछृङ्खलता र उद्दण्डताको पराकाष्ठा हो। सम्बन्धित दलले क्षमायाचना समेत नगर्नु दुर्भाग्यपूर्ण छ। इतिहासको सम्मान नगर्नेहरु उग्रवादका नयाँ ‘भेरियन्ट’ हुन्। शालिकमाथि दुर्व्यवहार गरिएको घटनाको निन्दा गर्दछौं।
- रौतहटमा सामाजिक एकता र सदभाव खल्बल्याउने, साम्प्रदायिक वैमनस्यता पैदा गर्ने गरी भएका घटना चिन्ताजनक छन्। कुनैपनि बहानामा हिन्दु र हिन्दुत्वमाथि लक्षित घटनामा हामी चनाखो रहनेछौं। सामाजिक सदभाव र एकता कायम गर्न अपील गर्दछौं। साथै, यस्ता घटना हुन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं।
- निर्वाचन आचारसंहिताको पालना गर्ने, गराउने सवालमा गम्भीर हुन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौं। घण्टी चिन्ह हुने दलले ध्वनि प्रदुषण हुने गरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लंघन गरिरहँदा आयोगले नदेखेजस्तो, नसुनेजस्तो गरिरहनु विडम्बनापूर्ण छ। खुकुरी चिन्ह हुनेले घण्टी बजाउँदै हिडेजस्तो खुकुरी नचाउँदै हिड्ने, डोजर चिन्ह हुनेले सडक र राजमार्ग अवरुद्ध हुने गरी डोजर चलाउँदै हिड्ने अवस्था आयो वा हिड्यो भने निर्वाचन आयोगका लागि त्यो पनि स्विकार्य हुनसक्छ?




प्रतिक्रिया