आज तीन जिल्लाका चुनावी सभामा गगन-विश्वको दौडधुप, कहाँ कति बजे?


काठमाडौं, फागुन १५ । नेपाली कांग्रेसले आज तीन स्थानमा चुनावी सभा गर्दै छ । कांग्रेसले बुटवल, पोखरा र बागलुङमा चुनावी सभा गर्न लागेको हो । काँग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बिहान ११ बजे बुटवलमा सभा हुनेछ भने बागलुङमा दिउसो १ बजे र पोखरामा दिउसो ३ बजे चुनावी सभा हुने कार्यक्रम रहेको छ ।

यी सभामा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने छन् । चुनाव नजिकिँदै गर्दा काँग्रेसले चुनावी सभालाई तीव्रता दिएको छ । यस अघि बिहीबार काँग्रेसले सुर्खेत र बाँकेमा चुनावी सभा गरेको थियो ।