आज मधेसका चार जिल्लामा कांग्रेसको चुनावी सभा, गगन थापा चार वटै सभामा पुग्ने


काठमाडौं, फागुन १६ । नेपाली कांग्रेसले आज मधेसका चार जिल्लामा चुनावी सभा गर्दैछ। कांग्रेसले आज सर्लाही, बारा, पर्सा र रौतहटमा चुनावी सभा गर्न लागेको हो। उक्त चार वटै सभालाई पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकास शर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चुनावी अभियानकै क्रममा पार्टी सभापति थापा सर्लाहीको लालबन्दी हुँदै रौतहट र बारा हुँदै पर्साको वीरगञ्ज पुग्ने जनाइएको छ ।

हिजो सभापति थापा र उपसभापति विश्वप्रकास शर्माले बुटवल, बाग्लुङ र पोखरामा आयोजना भएका चुनावी कार्यक्रमलाई सम्बोधन गरेका थिए । त्यसअघि सभापति थापा लगायतका नेताले गत बिहीबार सुर्खेत र बाँकेको चुनावी सभालाई सम्बोधन गरेका थिए । कांग्रेसले भोली आइतबार काठमाडौं उपत्यका लक्षित कार्यक्रम गर्ने तयारी गरेको छ ।