काठमाडौं, फागुन १८ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत विहिबार बिहान ७ बजेदेखि मतदान हुँदै छ । यसका लागि मतदान केन्द्रहरू तयार पारिएका छन् । मतदान केन्द्रको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । निर्वाचन आयोगका अनुसार मतदान केन्द्रमा मतदान अधिकृतको अनुमतिबिना कसैले पनि मतदान केन्द्रमा प्रवेश गर्न पाउँदैन । अधिकृतले क(कसलाई प्रवेश अनुमति दिन पाउँछन् भन्ने प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिकाले किटान गरिदिएको छ ।
निर्देशिकाअनुसार, मतदान अधिकृतले यी व्यक्तिहरूलाई मतदानस्थल वा मतदान केन्द्रमा प्रवेश गर्ने अनुमति दिनु पर्नेछः
१. मतदाता
२. उम्मेदवार वा निजको एकजना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि,
३. आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक,
४. आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति,
५. महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको बालक,
६. दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको
एकाघरको परिवारको सदस्य ।





प्रतिक्रिया