काठमाडौं, फागुन २२ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनाको परिणाम स्वीकार्य भएको बताएका छन। लोकतान्त्रिक व्यवस्थामा मतदाताको निर्णय नै अन्तिम हुने भएकाले त्यसलाई स्वीकार गर्नुपर्ने बताउँदै उनले ०६४ सालमा जसरी सशस्त्र द्वन्द्वबाट आएको माओवादीले जितेर उदाएको थियो त्यही संयम दोहोहर्याउँदै रास्वपा आइरहेको भन्दै जारी मतपरिणामलाई स्वागत गरेका हुन्।
उपसभापति शर्माले रास्वपाको यो परिणाम अप्रत्याशित नभएको बताएका छन्। उनले ०७९ को चुनावमै रास्वापले उक्त संकेत देखाइसकेको भन्दै अहिले आएको यो परिणाम अप्रत्याशित नभएको बताएका हुन्।
रास्वपा ०७९ को असारमा गठन भएर मंसिरमा चुनाव लड्दा राष्ट्रिय दलको मान्यतासहित चौथो ठूलो दल बनेको थियो। यसपालिको प्रारम्भिक मतगणना अनुसार रास्वपाको दुई तिहाई मत आउने लगभग पक्का देखिएको छ। ०७९ को निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बनेको थियो ।




प्रतिक्रिया