काठमाडौं, २५ फागुन । २१ फागुनमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसले नराम्रो पराजय व्यहोरेको छ । ०७९ को निर्वाचनमा ८९ सिटसहित पहिलो दल बनेको कांग्रेस अहिलेको निर्वाचनमा ०७९ को भन्दा आधा सिटभन्दा पनि कममा खुम्चिएको छ । अहिलेसम्म कांग्रेसले १७ सिटमा प्रत्यक्षतर्फ जित हात पारेको छ ।
इलाममा अग्रता लिएकोले यो सिट पनि जोड्दा उसले प्रत्यक्षमा १८ सिट जित्ने निश्चित् भएको छ । समानुपातिकतर्फ पनि कांग्रेसले अहिलेसम्म १६ प्रतिशत प्राप्त गरेको छ । कांग्रेसले १४ लाख २३ हजार ३०४ मत ल्याएको छ । समानुपातिकतर्फको मत यही रेसियामो आए उसले १९ सिटसम्म पाउने निश्चित् छ । प्रत्यक्ष र समानुपातिकतर्फको सिट जोड्दा कांग्रेस ३७ सिटसहित दोस्रो दल बन्नेछ ।




प्रतिक्रिया