राप्रपाका उपाध्यक्ष र केन्द्रीय सदस्य अव साधारण सदस्य मात्रै


काठमाडौं, फागुन २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्य पदमुक्त गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यलाई साधारण सदस्य मात्र रहने गरी सम्पूर्ण जिम्मेवारीबाट हटाएका हुन् ।

लिङ्देनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘राप्रपाका उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई साधारण सदस्य मात्र रहने गरी सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको छु ।’