रास्वपाको सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवार सिफारिस गर्ने


काठमाडौं, फागुन ३० । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस सम्बन्धमा निर्णय गर्न रास्वपाले आजको बैठक डाकेको हो।

प्रत्यक्षतर्फ १२५ सिटर समानुपातिकतर्फ ५७ सिट पाएको रास्वपालाई निर्वाचन आयोगले तीन दिनभित्र उम्मेदवार छनोट गरी पेस गर्न बिहीबार पत्राचार गरेको छ।

समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रीय हुने बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने बताइएको छ ।पार्टीका वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने विषयमा पनि आज छलफल हुदैछ । बैठक कहाँ र कति बजे बस्ने भन्नेबारे खुलाइएको छैन् ।