ग्यास वितरण: होटल भन्दा घरायसी प्रयोजनलाई पहिलो प्राथमिकता


काठमाडौं, चैत १ । नेपाल आयल निगमले मध्यपूर्वमा बढ्दै गएको तनावका कारण बजारमा खाना पकाउने एलपी ग्यास अभाव समाधान गर्न ग्यास वितरणका क्रममा घरायसी प्रयोजनलाई पहिलो प्राथमिकतामा दिन निर्देशन दिएको छ । उद्योगीलाई आपूर्ति व्यवस्था सहज र पारदर्शी बनाउन निर्देशन दिदै उद्योगलाई आफ्नो तोकिएको क्षमताअनुसार ग्यास निरन्तर आयात गरी बजार पठाउन र उद्योगले दैनिक रूपमा कुन बिक्रेतालाई कति ग्यास पठाइयो भन्ने स्पष्ट विवरण निगममा बुझाउन निर्देशन दिएको हो ।

त्यसैगरी ग्यास बिक्रेताहरूले पनि कसलाई ग्यास बिक्री गरेँ भन्ने कुराको फोन नम्बरसहित अभिलेख अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । होटल तथा व्यावसायिक क्षेत्रभन्दा पहिले सर्वसाधारणका लागि ग्यास उपलब्ध गराउनुपर्ने र व्यावसायिक प्रयोजनमा पठाइएको ग्यासको पनि छुट्टै रेकर्ड राख्न निगमले भनेको छ ।