काठमाडौँ, १ चैत । आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४ हजार ८०० र चाँदीको मोल २२५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख ९ हजार ४०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य ५ हजार २७० पुगेको छ ।
गत शुक्रवार एक तोला सुन ३ लाख १४ हजार २०० र चाँदी ५ हजार ४९५ मा कारोबार भएको थियो । बिहीवार छापावाल सुन प्रतितोला ३ लाख १७ हजार र चाँदी ५ हजार ५१५ मा कारोबार भएको थियो ।
गत बुधवार ३ लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार ७२० पुगेको थियो ।




प्रतिक्रिया