काठमाडौं, चैत २ । बझाङको बुङ्गल नगरपालिकामा सञ्चालित सानीगाड हाइड्रो लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही चैत ८ गतेदेखि आइपिओ) निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी दुई अर्ब ८५ करोड रुपियाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपियाँ बराबरको ८५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको छ ।
अति प्रभावित क्षेत्र बझाङ जिल्ला अन्तर्गत बुङ्गल नगरपालिका–४ (साबिक खिरातडी गाविस वडा–८), बुङ्गल नगरपालिका–२ (साबिक दहबगर गाविस वडा–६), बुङ्गल नगरपालिका–१ (साबिक दहबगर गाविस वडा–२) का बासिन्दालाई १८ लाख ५२ हजार पाँच कित्ता सेयर छुट्याइएको छ ।
त्यस्तै प्रभावित क्षेत्र बुङ्गल नगरपालिकाका वडा नं. ३, ५, ६, ७, ८, ९, १० र ११ का बासिन्दालाई नौ लाख, ९७ हजार पाँच सय कित्ता छुट्याइएको छ । यसका साथै सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पाँच लाख ७० हजार कित्ता सेयर छुट्याइएको छ ।




प्रतिक्रिया