आजपनि ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा किनबेच हुँदैछ?


काठमाडौं, चैत ९ । नेपाली बजारमा आजपनि सुनको भाउ तोलामै ६ हजार ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ कायम गरिएको छ । हिजो सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँ थियो ।

आज सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामै ११५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजा चाँदीको मूल्य प्रतितोला ४ हजार ५४० रुपैयाँ थियो ।