काठमाडौं, चैत १० । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले बदलिएको कांग्रेसले आफ्नो लाज छोप्न अग्रज नेताहरूलाई हारको दोष दिएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुराना दलहरूलाई गाली गरेर दुईतिहाई बहुमत पाएको बताउँदै बदलिएको कांग्रेसले पराजयको लाज छोप्न अग्रज नेताहरूलाई दोष लगाएको बताएका हुन् ।
‘रास्वपाले निर्वाचनमा पुराना दललाई गाली गरेर दुईतिहाई सिट ल्यायो । बदलिएको कांग्रेसले ०४६ सालपछिका आफ्नै अग्रजलाई हारको दोष लगाएर समीक्षा बैठक सम्पन्न गर्यो । कस्तो संयोग?’ उनले लेखेका छन् ।




प्रतिक्रिया