काठमाडौं, चैत १० । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा एक हजार ६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम भएको हो । अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ४ हजार ४२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ४ हजार ५०५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।




प्रतिक्रिया