काठमाडौं, ११ चैत्र । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी ०८३ को असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय सानेपामा बसेको बैठकले १५औं महाधिवेशनको मिति तय गरेको हो ।
अब नयाँ कार्यतालिकानुसार वडा अधिवेशन ०८३ को भदौ २, गाउँ/नगर अधिवेशन भदौ ७ गते, प्रदेश/क्षेत्रीय अधिवेशन भदौ १७ गते, क्षेत्रीय अधिवेशन भदौ २४ गते गर्ने भएको छ।
यस्तै, जिल्ला अधिवेशन असोज २ र ३ गते र प्रदेश अधिवेशन असोज ७ र ८ गते गर्ने भएको छ। निर्वाचन समिति संयोजकमा नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई नियुक्त गरेको छ।




प्रतिक्रिया