काठमाडौं, चैत १८ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री नरनारायण शाहले पार्टीका सबै जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् ।
बुधबार सामाजिक संजालमार्फत शाहले आठ दशक लामो पारिवारिक राजनीतिक विरासत बोकेका शाहले नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि पोख्दै अब उपरान्त पार्टीका कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रममा सहभागी नहुने घोषणाा गरेका हुन् ।
उनले वर्तमान राजनीतिक परिस्थितिमा पार्टी नेतृत्वले खेलिरहेको भूमिकाप्रति आफू पूर्णतः असन्तुष्ट रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘मुलुकको संवेदनशील र चुनौतीपूर्ण परिस्थितिमा सिंगो कांग्रेस एकजुट भएर नउभिँदासम्म म पार्टीका गतिविधिमा सहभागी नहुने निर्णयमा पुगेको छु । आगामी दिनमा म सम्भवतः दलगत राजनीतिभन्दा टाढै रहने प्रयास गर्नेछु ।’




प्रतिक्रिया