काठमाडौं, चैत २२ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे २ बजे एक समारोहकाबीच पद तथा गोपनीयताका शपथ खुवाउने कार्यक्रम रहेको छ ।
त्यसअघि अहिले विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गरिदैछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत हुने छ । यसअघि शुक्रबार भएको सभामुख पदको मनोनयन दर्ताका क्रममा अर्यालको एकल उम्मेदवारीका कारण उनी निर्विरोध निर्वाचित भइसकेका छन् ।




प्रतिक्रिया