काठमाडौं, चैत २५ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ।
आजको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहान ११ बजे बस्न लागेको हो।
यसअघि हिजो बसेको बैठकमा करिब पाँच जना वक्ताहरूले मात्रै आफ्ना विचार व्यक्त गरेकाले आजको बैठकमा धारणा राख्न बाँकी सदस्यहरूले धारणा राख्ने र सुझाव संकलनको कार्यलाई निरन्तरता दिने तयारी रहेको छ । बैठक निर्वाचनमा व्यहोर्नुपरेको पराजयको कारण र पार्टीको आगामी कार्यदिशाको बारे घनिभूत छलफलमा केन्द्रित रहेको छ ।
सोमबारदेखि जारी बैठकमा नेताहरूले समसामयिक राजनीतिक परिस्थिति, निर्वाचनको समीक्षा र पार्टीको साङ्गठनिक सुदृढीकरणका विषयमा आफ्ना धारणाहरू राखिरहेका छन् ।




प्रतिक्रिया