संसद बैठकअघि सभामुखले बोलाए परामर्श समितिको बैठक


काठमाडौं, चैत २५ । सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

आज मध्याह्न १२ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने गरी सभामुख अर्यालले बैठक बोलाएका हुन्। बैठकमा सदनको कार्यसूचीबारे छलफल हुनेछ।

आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ। त्यसअघि परामर्श समितिको बैठक बस्न लागेको हो।