काठमाडौं, चैत २५ । सरकारले कानुन व्यवसायीलाई परिचयपत्रको आधारमा सिंहदरबार प्रवेशमा रोक लगाएको छ ।
प्रशासकीय अदालतले कानुन व्यवसायीले नेपाल बार काउन्सिल र नेपाल बार एशोसिएशनबाट जारी परिचयपत्रको आधारमा सिंहदरबार प्रवेश गर्दै आएकोमा बुधबारदेखि पास अनिवार्य गरिएको हो ।
प्रशासकीय अदालतले जारी गरेको सूचना अनुसार अब कानुन व्यवसायीले अब उप्रान्त नागरिक एपको सिंहदरबार गेट पासका आधारमा मात्रै प्रवेश पाउने छन् ।
सूचनामा भनिएको छ,‘प्रशासकीय अदालत, सिंहदरबार, काठमाडौंसँग सम्बन्धित काम कारबाहीका लागि सिंहदरबार परिसर प्रवेश गर्नुहुने देहायबमोजिमका व्यक्तिलाई देहायबमोजिम प्रवेश सुविधाको व्यवस्था गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
त्यसैगरी, पदाधिकारी र कर्मचारीले सम्बन्धित निकायको आधिकारिक परिचयपत्र, मुद्दाका पक्ष वा वारेसले तारिख पर्चा, आगन्तुक, सरोकारवालाले अदालतको दैनिक ई–पासका आधारमा प्रवेश पाउने अदालतले जनाएको छ ।




प्रतिक्रिया