अमेरिका-इरानबीच वार्ता सफल भए ट्रम्पले पाकिस्तान भ्रमण गर्ने


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार अमेरिका र इरानबीच हप्तौंदेखि जारी द्वन्द्व अन्त्य गर्न शान्ति सम्झौता भएमा आफू पाकिस्तान भ्रमण गर्नेबारे विचार गर्ने बताएका छन् ।

यदि इस्लामाबादमा सम्झौता हस्ताक्षर भयो भने आफू त्यहाँ जानसक्ने उनको भनाइ छ । इरानसँग सम्झौता हुने सम्भावना निकै राम्रो देखिएको उनले बताए । ट्रम्पले इरानसँगको वर्तमान दुई हप्ताको युद्धविराम, जुन अर्को हप्ता समाप्त हुँदैछ, त्यसलाई लम्ब्याउन आवश्यक नपर्ने पनि बताएका छन् । यसैबीच, ट्रम्पले इरानको युरेनियम संवर्धन स्थगित गर्न अमेरिकाले राखेको भनिएको २० वर्षको समयसीमालाई खारेज गरिदिएका छन् ।

अमेरिकी राष्ट्रपतिले तेहरान हामीले बी–टु बमवर्षक विमानबाट गरेको आक्रमणका कारण जमिनमुनि रहेको आणविक धुलो फिर्ता दिन सहमत भएको दाबी पनि गरे । उनले इरानको संवर्धित युरेनियमलाई संकेत गर्दै सो कुरा बताएका हुन् ।

यद्यपि वार्ता असफल भएमा फेरि बमबारी सुरु गर्ने धम्कीलाई ट्रम्पले दोहोर्याएका छन् ।