काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चैत्र मसान्तभित्र सुकुमवासीको व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ ।
आइतबार बसेको रास्वपा सचिवालय बैठकले सरकारलाई उक्तसुझाव दिएको हो ।
काठमाडौं उपत्यकाका खोला किनारामा असुरक्षित र अव्यस्थित बसोबास गरिरहेका नागरिकलाई चैत मसान्तभित्र सुरक्षित स्थानमा बासस्थान मिलाउन सरकारलाई सुझाव दिने निर्णय बैठकले गरेको प्रवक्ता मनीष झाले जानकारी दिए ।
यसका लागि अधिकार सम्पन्न प्राधिकरण बनाउने र यसको लगतहरू बनाएर आवश्यक सूचना लिएर चैत मसान्तभित्रमा कम्तीमा ७५ प्रतिशत व्यवस्थापन गरिसक्न सरकारलाई सुझाव दिएको उनले प्रस्ट पारे ।




प्रतिक्रिया